बालुवा उत्खनन् गरेको खाल्डोमा डुबेर २ जनाको मृत्यु

 

साउन २८, नुवाकोट । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो । 

null

स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् । 

फाइल तस्बिर  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *