रवि लामिछानेलाई ५ बर्षको जेल सजाय हुनसक्ने ! (भिडियाे सहित)

मकालु खबर । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो प्रमाणका आधारमा ‘सिधा कुरा जनतासँग’का कार्यक्रम सञ्चालक रवि लामिछानेलाई ५ बर्षको सजाँय हुनसक्ने देखिएकोे छ । उनीसँगै आरोप लगाईएका अरु ३ जनालाई समेत कारवाही हुनसक्ने मुलुकी संहितामा उल्लेख छ । 

भिडियोमा पुडासैनीले आफ्ना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिँदै माफी मागेका छन् । जुन भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोरका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ । 

 

null

१ भदौ ०७५ देखि लागू भएको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पत्रकार पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि अव अनुसन्धान उनीहरुतर्फ सोझिने देखिएको छ । 

 

यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ । यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् । लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ । 

सिधा कुरा जनतासँग कार्यक्रम युनिटले के कसरी पैसा असुल्छ र रवि लामिछानेको सक्कली रुप के हो भन्नेबारे बिस्तारै खुल्दै जाने समेत आत्महत्या गर्नुअघि भिडियो रेकर्ड गर्दै पुडासैनीले बताएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *