सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्बन्धि सम्झौता

भाद्र ४, काठमाडौं । सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सनराइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।   

अर्धवार्षिक रूपमा भुत्तानी  हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको रु.३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयावधि सात वर्षको रहनेछ ।   

उक्त सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *