पथरीको एनसेल टावरमा आगजनी
२०७६ साउन १७ गते

साउन १६, मोरङ । मोरङको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–६ मंगलबारेमा अवस्थित एनसेल टावरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
null
टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रतिबन्धित नेत्रविक्रम समूहले टावरमा आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ । यद्यपी आगजनी कसले गर्यो भन्ने खुलेको छैन ।
आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








