पेस्तोल ताक्दै मारिदिन्छु भन्ने पक्राउ

 

साउन १८, दाङ्ग । शुक्रबार राती विशेष सूचनाको आधारमा दाङ्गमा एक जनालाई कटुवा पेस्तल सहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बङगलामुखी गाउँपालिका–४ मुलटापाका ३० बर्षिय शिवबहादुर बिक रहेको प्रहरीले जनाएको छ । 

null

दाङ्गका खुवबहादुर केसीको होटलमा बास बसेका ट्रिपर चालक घोराही–३ का २६ बर्षिय ईन्द्रबहादुर नेपाली, ३५ बर्षीय पदम केसी र सुरेश नेपाली सहित ६ र ७ व्यक्तिलाई पेस्तोल ताक्दै मारिदिन्छु भनेपछी उनलाई पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार रातको करिब २ बजेको समयमा ती व्यक्तिहरुलाई बिकले एक्कासी पेस्तोल झिकी उनीहरुलाई मारिदिन्छु भनेको सूचनाको अधारमा दाङ्गको कमिरेचौर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (असई) गोपालप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल सहित उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका बिकमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *