बुर्का (पर्दा) बाधक होइन सुरक्षा कवज हो

 

आजको युग आधुनिक युग हो । जहाँ संसारले दिनरात प्रगति गरी रहेको छ । त्यही समाजमा अपराधका घटनाक्रमहरुको स्वरुप फेरिदैं मात्रै छैन घटनाक्रम पनि बढ्दै गइरहेका छन् । जसमा महिला हिंसाका घटना, अपहरण र बलात्कार जस्ता घटनाहरु बढी हुने गरेका छन् । 

यस्ताघट्नाक्रमले न्युन हुनुको साटो बढ्दै जानु हाम्रो लागि विडम्बनाको कुरा हो । समाज आधुनिकता तर्फ लम्किँदै गइरहेको छ । विकासक्रसँगै हामी आधुनिकतामा रमाईरहेका छौँ । तर, हामी आधुनिक ताका नाममा छाडापन बढाईरहेका त छैनौ ? जस्तै फेसबुक जस्ता सामाजिक संजालमा शरीर खुल्ला गरी फोटो हाल्ने, मोबाइलमा असभ्य कुरा गर्ने पार्क र होटेलमा भेट्ने, डान्स पार्टीहरुको आयोजना गर्ने आदि जस्ता कुराहरुले हामीलाई छाडापनतर्फ लगिरहेको छ । 

null

हाम्रो समाजमा फेसबुक जस्ता सामाजिक संजालमा जति शरीर देखिने गरी फोटो हाल्यो ऊ त्यति नै स्वतन्त्र रहेको भन्ने बुझाइ विकास हुन थालेको छ । यदि कसैले शरीर छोपेर फोटो हाल्यो भने ऊ पुरानो विचारधाराको मान्छे, कस्तो कन्जर्भेटिभ माईन्ड भएकी भन्ने खालका कमेन्ट आउँछन् । 

अनि महिलाहरुले आफू त्यस्तो नरहेको भनी देखाउनका लागि भए शरीर खुल्ला गरी फोटो हाल्न सुरु गर्छिन् । जुन पछि उनका लागि समस्याको कारण बन्न जान्छ । तिनै फोटोहरुलाई बेस बनाइ पछि केही अवसरवादीहरुले नीजि स्वार्थका लागि इडिट गरी ब्ल्याकमेलिङ गर्न सुरु गर्छन् । 

जस्तै उदाहरणका लागि एउटा खोल नभएको चकलेट र अर्को खोलभित्रको चकलेटमध्ये अवश्य नै खोल नभएको चकलेटमा कमिला लाग्छन् ।मिठाई जस्तो सामान्य खानेकुरालाई नै हेरौं खुल्ला मिठाई नजिक झिंगाहरु भन्किन्छन् तर, छोपिएको मिठाई सुरक्षित हुन्छ किन भने न त उसको नजिक झिंगा भन्किन्छन्, न झिंगाले निम्तियाउने रोग नै । 

अर्को उदाहरण, हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हुन् सम्पति अर्थात सुनचाँदी र रुपैयाँ पैसा । हामीले ती कुरा खुल्ला ठाँउमा राख्दैनौं किनभने चोरीको डर हुन्छ । त्यसकारण जति सक्यो लुकाएर सुरक्षित ठाँउमा राख्ने गर्छौं । ताकि चोरिने डर न होस् । 

अब इस्लामको बारेमा समाजको बुझाइको कुरा गरौं, बाहिरबाट हेर्नेहरुको बुझाइ छ कि इस्लाम एक कट्टर धर्म हो जसमा महिलालाई बुर्कामा लुकाएर राखिन्छ उसलाई बुर्कामा बसालेर सेवा सुविधाबाट टाढा राखिन्छ । तर, वास्तविकता भने हाम्रो बुझाइभन्दा फरक छ । इस्लाममा महिलाको स्थान यति उच्च छ कि उसको पैताला मुनी स्वर्ग राखिएको छ । महिला र पुरुष दुबैका लागि शिक्षा अनिवार्य गरेको छ । 

व्यापारको कुरा गरौं भने आवश्यकता अनुसार महिलाले इस्लामिक दायराभित्र रही परिवार पाल्न सक्छिन् । यसको एउटा उदाहरण हाम्रा पैगम्बर मोहम्मदकी पत्नी हजरत खतीजा रजि । 

उहाँ आजभन्दा करिब १४ सय वर्ष अघि साउदी अरबकी सबैभन्दा ठूलो व्यापारी हुनुहन्थ्यो । अहिले पनि इस्लामिक देशहरुमा महिलाहरु बुर्का लगाएर जहाज उडाउने पाइलटदेखि लिएर डाक्टर, इन्जिनियर, प्रहरी, अधिकृत र मन्त्रीसमेत भएका छन् । 

बुर्कामा महिलालाई उसको क्षमता दक्षता अनुसार काम गर्ने पूर्ण स्वतन्त्रता रहेको छ । यदि हेर्ने हो भने इस्लामले महिलालाई यति महत्वपूर्ण र मुल्यवान भनेको छ कि उसलाई लुकाएर राख्न आदेश दिएको छ । ताकि कसैले खराब नियतले नहेरोस् । उसलाई सुनचाँदीभन्दा पनि मुल्यवान ठानी लुटिनबाट जोगाउनका लागि बुर्का अर्थात पर्दाको व्यवस्था गरेको छ । 

एक त बुर्का लगाएमा खराब नजरवालाहरुको आँखा लाग्दैन भन्ने मान्यता इस्लामिकभित्र छ । यसको अर्को फाइदा भने घामबाट लोगिन र धूवँ धुलोले पार्ने नकारात्मक असरबाटसमेत जोगाउन सहयोग गर्छ । 

मलाई लाग्छमाथि दिइएका उदाहरण र इस्लामले महिलालाई दिएको स्थानबाट प्रष्ट हुन्छ कि बुर्का (पर्दा) बाधक होईन् सुरक्षा कवज हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =