डेंगु नियन्त्रण प्रयास असफलः नियन्त्रणका लागि जनशक्तिको अभाव

भदौ ८, काठमाडौँ । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । 

धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ९ उपसचिव तहका जनशक्ति दरबन्दी रहेकामा उपसचिव तहका एक जना मात्र कार्यरत छन् । निर्देशनालय प्रमुख अर्थात् निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालय चलरहेको छ । उनी पनि तालिम, गाष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन् ।   

एडिस एजिप्टाइ र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टे सफल पानीमा पारेको अन्डा, लर्भा र पयुपा नष्ट गर्न खोजि र नष्ट गर अभियान पनि प्रभावकारी हुन सकेन । यो समाचा आजको कान्पितुर दैनिकमा डेंगु नियन्त्रण विफल शीर्षकमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *