३३ किलो सुन प्रकरणः गोल्यानलाई १० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश

 

साउन १७, काठमाडौं । ३३ किलो सुन प्रकरण एवम् सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले एक जनाबाहेक सबैको हकमा उच्च र जिल्ला अदालतकै फैसला सदर गरेको छ । 

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई १० लाख धरौटीमा धरौटीमा छोड्ने फैसला गरेको हो । 

null

सुन र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए । अपराधिक समूह स्थापना सञ्चालन सुन चोरी पैठारी र चोरी निकासी अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा आरोपपत्र दायर भएको थियो । सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्धा लड्नुपर्ने छ। 

३३ किलो सुन प्रकरणमा विवादास्पद फैसला गरेको भन्दै उच्च अदालतका ८ जना न्यायाधीशहरु समेत कारबाहीमा परेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =