मनकारी आत्मराम: जन्मदिनमा विद्यार्थीलाई साईकलसहित स्टेशनरी सहयोग

 

साउन २४, चितवन । चितवनको खैरहनी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई जन्मदिनको अवसर पारेर आत्मराम कडेंलले साईकलसहित स्टेशनरी सहयोग गरेका छन् । 

खैरहनी माविका पूर्व विद्यार्थी समेत रहेका कडेंलले आफ्नो जन्मदिनको अवसर पारेर खैरहनी १० जीवनपुर निवासी रुपा भण्डारीलाई १५ हजार वरावरको साईकल, स्टेशनरी सहयोग गरेका हुन् । 

null

कडेंल हाल अष्ट्रेलियामा छन् । कडेंलका वुवा तुलसीराम कडेंल र आमा गौरी कडेंल विद्यालय उपिस्थत भएर सो सामाग्री ति विद्यार्थी भण्डारीलाई हस्तान्तरण गरे । विद्यालय र घरको दुरी टाढा भएकाले भण्डारीलाई विद्यालय आउन समस्या पर्दै आएको थाहापाएपछि समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत सहयोग प्रदान गरिएको हो । 

सहयोग हस्तान्तरणको संयोजन पर्साकै व्यवसायी अजय रावलले गरेका थिए । विद्यालयमा शुक्रवार अनौपचारिक कार्यक्रममा बीच सहयोग हस्तान्तरण गरिएको थियो । 

आत्मराम कडेंलको जन्मदिनको अवसरमा खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषलाई नगद २ हजार रुपैया सहयोग गरिएको छ । सो रकम आत्मरामकी आमा गौरी कडेंलले विद्यालयका प्रधानाध्यापक शम्भु शंकर वर्तौलालाई हस्तान्तरण गरिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *