सोमबारदेखि कर्णाली राजमार्ग अवरुद्ध

भाद्र १०, कालिकाेट ।  तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । 

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।   

“अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उनले भने, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।” रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *