नेकपाको पछिल्लो संरचनाः ओलीमा ‘पावर’ नेपाललाई ‘झट्का’

भदौ ७, काठमाडौँ । सत्तारुढ दल नेकपामा समीकरण बदलिएसँगै पार्टीमा को–कति बलियो भन्ने भित्री बहस सुरु भएको छ। पार्टीका मुख्य तीन नेता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपालका तीनथरी समूह सक्रिय छन्। 

पछिल्लो सचिवालयका तीनओटा बैठकको समीकरण हेर्दा ओली–प्रचण्ड एकातिर र माधव नेपाल अर्कोतिर देखिएका छन्। सचिवालय बैठकमा झण्डै अल्पमतमा पर्दै जान थालेका ओलीले अर्का अध्यक्ष प्रचण्डदेखि वामदेव गौतम र झलनाथ खनालसम्मलाई साथ लिएर नयाँ ‘गेम’ खेलेका छन्। 

जसले गर्दा ओली ‘पावर’ मा देखिएका छन् भने नेपाललाई ‘झट्का’ लागेको छ। सचिवालयमा नेपाल अहिले ‘एक्लै’ देखिएका छन्। पार्टी समीकरण नै हल्लिने गरी चलेको पछिल्लो ‘मुभ’ ले नेकपामा नयाँ तरंग नै ल्याइदिएको छ। त्यसको ‘रियाक्सन’ पार्टी बैठकमा चर्काचर्की पर्नेदेखि नेपालले स्वास्थ्यलाभका लागि दिएको सन्देशसमेत ओलीले अस्वीकार गर्ने अवस्थामा दुई नेतालाई पुर्‍याएको छ। 

null

ओली–नेपालबीचको विवाद र बेमेलका अनेक किस्सा पार्टीभित्र छन्। स्वयम् माधव नेपाल पार्टीमा आफूले ०३१ सालदेखि नै विवाद झेल्दै आएको र ४६ वर्ष विवादकै बीच बिताएकाले पछिल्लो विवादलाई नयाँ रूपमा लिनुनपर्ने बताउँछन् ‘आज मात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदैहुँदै आएको छ। त्यस्ता विवाद तपाईंहरूका निम्ति नयाँ लाग्न सक्छन्। मेरो निम्ति त ४६ वर्षदेखि नै बेहोर्दै आएको विषय हो’, अन्नपूर्णसँगको संवादमा नेपालले भने। 

समीकरण उथलपुथल 

पछिल्ला दिनमा प्रधानमन्त्री केपी ओली आफ्नै पार्टी नेताहरूको घेराबन्दीमा पर्दै जान थालेका थिए। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, वामदेव गौतमदेखि झलनाथ खनालसम्मको ‘मोर्चाबन्दी’ भइरहेको ओलीलाई चित्त बुझिरहेको थिएन। 

बालुवाटार स्रोतका अनुसार, त्यहीबीच उनले एउटा सूचना पाए– प्रचण्ड, माधव र वामदेवबीच कुनै भित्री सहमति भएको छ। पार्टी एकता गर्दा दुई अध्यक्ष ओली–प्रचण्डले ‘पावर सेयरिङ’ का लागि गरेको जस्तै भित्री सहमति तीन नेताका बीचमा भएको ओलीकहाँ सूचना पुगेको थियो। ओली त्यसपछि आफूविरुद्ध बन्दै गएको घेराबन्दी तोड्ने र इतरपक्षमा बन्दै गएको मोर्चाबन्दी भत्काउने निष्कर्षमा पुगे। 

एक साँझ बालुवाटार पुगेका प्रचण्डलाई ओलीले सीधा भनिदिए, ‘मसँग भएको भित्री लिखित सहमति त सार्वजनिक भयो, अब तपाईं, माधव र वामदेवबीच भएको सहमति कहिले सार्वजनिक हुन्छ रु ’ त्यसपछि नै नेकपाभित्र ओलीले समीकरण ‘उथलपुथल’ का लागि कदम चालेको बालुवाटार स्रोत बताउँछ। यो समाचार आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =