‘विप्लव’को निशानामा महेन्द्रबहादुर शाही

साउन ३१, कालिकोट । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । 

आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् । 

बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गरेका हुन् । 

null

गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समुहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गराएको छ । 

यो भन्दा पहिले पनि जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका शाहीलाई लक्षित गरी चन्द समुहले बम विस्फोट गरेको थियो । त्यस भन्दा पहिले पनि कतै कालो भन्डा त कतै बम विस्फोट गराउँदै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =