श्रीमान् बलात्कार गर्ने श्रीमती भिडियाे बनाएर बेच्ने

भाद्र ३, पाकिस्तान ।  एक युवकमाथि दर्जन युवतीले यौन शोषण र बलात्कारको आरोप लगाएका छन् । आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गर्दा आरोपी कासिम जहांगीरले ४५ युवतीमाथि यौन शोषण गरेको स्विकारेका छन् । 

 यो घटना पाकिस्तानको रावलपिन्डीको हो । उनलाई यो कुकृत्यमा श्रीमतीले पनि सघाउने गरेको खुल्न आएको छ । 

पुलिसले आरोप कासिम जहांगीर र उनकी श्रीमती किरण महमूदलाई पक्राउ गरेको छ । यो जोडीले युवतीहरुलाई यौन शोषण गरेर फोटो र भिडियो बनाउने गर्दथे । अश्लील फोटो–भिडियोलाई एडल्ट साइटमा बेच्ने गर्दथे । 

Image result for बलात्कार

ट्रिब्यून डट कम डट पिकेको रिपोर्ट अनुसार आरोपी जोडीले कम्तीमा १० पीडितको भिडियो बनाएको स्विकारेका छन् । स्थानीय पुलिस अधिकारी मोहम्मद फैसल राणाले अल्लामा इकबाल ओपन युनिभर्सिटीकी एक एमएमसीकी छात्राले उजुरी दिएपछि पुलिसले कारवाही गरेको हो । 

एमएमसीमा पढ्ने विवाहित छात्राले पुलिसलाई आफूलाई जोर्डन कलेज बाहिरबाट अपहरण गरेर चक्कु देखाएर धम्काइएको र आरोपीको घरमा लगिएको बताइन् । त्यसपछि कासिमले आफूलाई बलात्कार गरेको र किरणले त्यतिबेला भिडियो बनाएको जानकारी दिइन् । 

पछि आफूलाई भिडियो र फोटो देखाएर ब्ल्याकमेल गरिएको र राती छोडिएको पनि उनले उल्लेख गरिन् । मिडिया रिपोर्टका अनुसार आरोपीले ८ देखि १२ वर्षका बालिकाहरुमाथि पनि यस्तो गरेको स्विकार गरे । 

आरोपीको घरबाट पुलिसले युवतीको आपत्तिजनक भिडियो र फोटो बरामद गरेको छ । पुलिस अधिकारीका अनुसार यो जोडीले भिडियो र फोटोलाई एक अन्तरराष्ट्रिय पोर्न वेबसाइटलाई पनि बेचेका थिए । 

पुलिसका अनुसार ल्यापटप, हार्डडिस्क र दुई मोबाइल फोन जफत गरेर फरेन्सिक जाँचका लागि पठाइएको छ । खाटका तन्ना, टिश्यू पेपर र अन्य कागजात पनि डिएनएन अनुसन्धानका लागि दिइएको छ । 

पुलिसका अनुसार जोडीले दुई उद्देश्यसहित यी अपराध गरेका हुन् । उनीहरु ब्ल्याकमेल गरेर पीडित महिलाको परिवारसँग पैसा उठाउन चाहन्थे भने अन्तरराष्ट्रिय सेक्स ट्रेडर्सलाई भिडियो आपूर्ती गरेर पैसा कमाउन चाहन्थे । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *