चोरी कार्यमा संलग्न दुई किशोर पक्राउ
२०७६ साउन २१ गते

साउन २०, पोखरा । पोखराका विभिन्न स्थानबाट स्कुटर र मोबाइल चोरी गर्ने दुई किशोर पक्राउ परेका छन् ।
कास्की प्रहरीले चोरी कार्यमा संलग्न १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको हो । उनीहरुको नाम ठेगाना खुल्न बाँकी छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका मोबाइल ८ थान तथा ग१२प ८५५५ नम्बरकोे सेतो कालो स्कुटर बरामद गरेको छ ।
null
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








