कांग्रेस केन्द्रीय समिति बैठकः एक महिनामा पटकपटक बस्यो तर छलफलबिनै एजेन्डा पारित

भदौ ४, काठमाडौँ । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।   

कांग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो  । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।   

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा  परिमार्जन गर्ने गरी पारित गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =