स्वयम्भूमा बिष सेवन गरी महिलाले गरिन् आत्महत्या

 

साउन ३०, काठमाडौँ । राजधानीको स्वयम्भूमा एक २७ वर्षिय महिलाले आत्महत्या गरेकी छिन् । 

उक्त आत्महत्या गर्ने महिला धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी र उनले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

null

दुई सन्तानको आमा रहेकी शान्तिले किन आत्महत्या गरिन् खुल्न सकिएरहेको छैन । शान्तिकोले आत्महत्या नगरी उनको हत्या भएको माईतीपक्षको आरोप छ । 

हाल उनको शव पोष्टमार्टमको लागि वि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । 

डीएसपी सुवेदीका अनुसार शान्तिले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट पाएपछि मात्र उनको हत्या हो या आत्महत्या हो खुल्ने जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *