मेराे स्वास्थ्य ठिक छः प्रधानमन्त्री
२०७६ भदौ १२ गते

भदौ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन् ।
सिङ्गापुरमा उपचार गराइरहेका उनले बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराएका छन् । गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । रासस

२०७६ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








