मानव तस्करीको अनेक शैलीः दुलही बनाएर चीन लैजान्छन्

भदौ १४, काठमाडौँ । ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछि उन श्रीमानको मृत्यु भयो । 

त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो । आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले चेलीलाई चिनीयाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको । 

पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् । दुर्गगका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनीयाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन् । 

null

यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले गत बुधबार मात्र ४ चिनीयाँसहित ६ नेपालीलाई पक्राउ गरेको हो । यो समाचार आजको कन्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *