स्वयम्भू प्रकरण: प्रधानमन्त्रीले एमाले प्रवेश गराएका बाहुन डनकाे इसारामा नाच्थे मिलन !

 

साउन २६, काठमाडौं । डन धन्दा नियन्त्रणका लागि नेपाल प्रहरीले पटक पटक इन्काउन्टर गर्यो । त्यसैगरि गोली चलाउन पनि बाध्य भएको छ । पछिल्लो पटक काठमाडौंको स्वयम्भूमा शुक्रबार गोली चल्यो । 

स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली चलेको हो । प्रहरीको गोलीले एक व्यक्ति भाग्दै गर्दा ठाँउको ठाँउ लडे । 

null

महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी खटिएको थियो । प्रहरीको गोलीबाट ठाउँको ठाउँ लड्ने व्यक्ति थिए अपराधी दुनियाँका बादसाह भनेर कहलिएका गुन्डा नाईके पौडेल सुजन उर्फ (रमेश बाहुन) का दाहिने हात मानिने लोप्सान लामा मिलन भन्ने बाबुराम तामाङ । 

अपराधी दुनियाँका बादसाह रमेश बाहुनका दाहिने हात मानिने लोप्सान लामा प्रहरीको गोली लागेर ढले भने अर्का सहयोगी अमृत तामाङ पक्राउ परे । लामा र तामाङले बाहुनको निर्देशनमा लिखु गाउँपालिका अध्यक्ष गोबिन्द खड्कालाई दुई करोड फिरौती मागेका थिए । 

महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङसहित २ व्यक्तिलाई फेला पारेको थियो । 

नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । 

अपराध महाशाखामा उजुरी परे लगत्तै पक्राउ गर्न जाने क्रममा भाग्न खोज्दा मिलनलाई तिघ्रामा दुई राउन्ड गोली चलाउन परेको थियो । 

गुन्डा नाईके बाहुनले लामा र तामाङ रामेछापमा हुने ठेक्कापट्टा र हाउजिङमा असुलीको लागि प्रयोग गर्दै आइरहेको रामेछापका पीडित एक ठेकेदारले बताए । लोप्सनलाई प्रहरीले गोली हानेपछि डन बाहुन धन्दा थप छताछुल्ल भएको छ । 

बाहुन हाल लागुऔषध कारोबारमा सेन्टर जेलमा जेल जीवन बिताइरहेका छन् । उनले जेलबाट आफ्नो धन्दालाई चर्काउँदै लगेका छन् । उनलाई जेलमै कार्यरत प्रहरी, प्रशासनले मस्त साथ दिएको छ । 

बाहुनको अपराधीक गतिविधि देखेर कतिपय प्रहरी नेतृत्वनै वाक्कदिक्क भरहेका बेला जेल प्रशासनले किन उनलाई साथ दिएको होला ? अहिले रमेश बाहुन जेल भित्रै हिन्दी फिल्म अन्डरवल्ड डन जस्तै ऐसआराम जीवन बिताई रहेका छन् । आखिर कसरी सम्भव छ ? जन चासो बढेको छ । 

उनै डन बाहुनलाई ८ बर्ष अगाडि रामेछापको एक कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाई एमालेमा प्रवेश गराएका थिए भने उक्त समयमा बाहुनलाई जिल्ला सदस्य समेत बनाइएको थियो । 

बाहुनले अहिले पनि जेलबाटै उठन्ती, पुठन्तीलाई तीब्र बनाएका छन् । बाहुनको केही प्रहरी अधिकृतसँग पनि राम्रो उठबस छ । 

बाहुनले दबंग प्रहरी भनेर चिनिने हाल निलम्बनमा परेका डिएसपी कुमोद ढुंगेललाई हप्तैपिच्छे फोन गर्ने गरेको सेन्टर जेलको रेकर्डमा छ । बाहुन विरुद्ध निर्माण व्यवसायी र हाउजिङ कम्पनीहरुको पुलिसको सम्बन्धित निकाएमा उजुरी परिसकेका छन्। 

अपराध दुनियाँका बादसाह गुण्डा नाईके रमेश बाहुनले रामेछाप जिल्ला गाउँपालिकामा रहेको लिखु हाइड्रोपावर मेनिजिङ डाइरेक्टरसँग ५० लाख असुली गरेको समाचार प्राप्त भएको छ । उक्त असुलीबारे प्रहरी पनि जानकार छ । 

२०६५ साल देखि विभिन्न अपराध र आएका फिरौती लिँदै आएका बाहुनले एक प्रहरी अधिकृतलाई अपहरण गरि नुवाकोट ककनीमा लगि मरणासन्न हुने गरि पिटेका थिए । 

पछि प्रहरीले तिब्र खोजी गर्यो । २०७० सालमा ललितपुर जिल्लाका कांग्रेस एक नेता र उनका एक कार्यकर्तालाई गोली हानी भारतको लखनउका बिधायक मनोज सिंको घर लुक्न भ्याएका थिए । बाहुनसहित धैरै गुन्डाहरुसंग उठबस भएका फिल्मी क्षेत्रका राणा थएका एक व्यक्तिको सहयोगमा डन बाहुन बोर्डर पार गरेका थिए । २ महिना पछि बाहुन लागू औषध सहित कलंकीमा पक्राउ परेका थिए । 

यस्ता अपराध जगतका बादसाहलाई केहि प्रहरीहरुले नै संरक्षण गरको भन्दै आम नागरिक सङ्कित भएका छन् । यिनै बाहुनको कारण काठमाडौं उपत्यकामा अपराध नियन्त्रण चुनौती बन्दै आएको छ । बाहुनका अन्य सहयोगी अहिले पनि फिरौतीमा सक्रिय रहेको समाचार स्रोतले जनाएको छ । 

त्यसैगरि, ललितपुरसहित विभिन्न स्थानमा असुली धन्दा चलाउँदै आएका अर्का गुण्डा नाइके उदय गिरीलाई प्रहरीले पक्राउ गर्यो । 

ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेल एरियाका गुण्डा नाइके गिरीलाई साउन १७ गते धापाखेलस्थित निवासबाट महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । 

गिरी केन्द्रीय कारागार सुन्धारामा सजाय भोगिरहेका कथित ‘डन’ रमेश बाहुन र ललितपुरका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके प्रकाश मालीका खास मान्छे हुन् । 

‘विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाईल नम्बरहरू प्रयोग गरी भारतमा समेत गई फोन गरी विभिन्न व्यक्तिहरूलाई धम्क्याई रू ७५ लाख माग गर्ने कार्यमा संलग्न जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.२४ बस्ने वर्ष ३० को उदय गिरीलाई यस अपराध महाशाखाको टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’ 

यी गुण्डा नाइके गिरी पनि यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका थिए । गिरीले धापाखेल क्षेत्रबाट मात्रै पटक–पटक गरी १ करोडौं रकम असुली गरिसकेका छन् । 

गिरी ललितपुरमा कहलिएका गुण्डा नाइके मालीका दाहिने हात हुन् । गिरीले विभिन्न ठाउँमा असुली गरी मालीलाई रकम बुझाउँदै आएको महानगर प्रहरी महाशाखा टेकुका एक उच्च प्रहरी अधिकारीले बताए । 

गुण्डा नाइके माली अपहरण, फिरौती लगायत विभिन्न मुद्दामा पटकभन्दा बढी पटक पक्राउ परिसकेका छन् । मालीलाई ललितपुर क्षेत्र नम्बर १ का पूर्वएमालेबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालसँग सम्बन्ध छ । 

गुण्डा नाइके माली पनि उनै ‘डन’ रमेश बाहुनका खास मान्छे हुन् । मालीकै निर्देशन र खटनपटमा गिरीले ललितपुर क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए । गिरीले आफूलाई कथित ‘डन’ बाहुन र गुण्डा नाइके मालीको खास मान्छे हुँ भनेर धम्काउँदै अवैध असुली गरेर हैरान बनाएपछि पीडितहरूले प्रहरी समक्ष उजुरी गरेका थिए । 

गुण्डा नाइके गिरी पक्राउ परेपछि सत्तारुढ नेकपा निकटका नेताहरूलाई तनाव बढेको छ । गिरीलाई छुटाउन राजनीतिक नेतृत्व सल्बलाएको छ । गिरी पक्राउ परेपछि माली पनि अण्डरग्राउण्ड भएका छन् । 

प्रतिनिधि सभाको निर्वाचनका बेला कथित ‘डन’ रमेश बाहुनका राईटह्याण्ड प्रकाश माली तत्कालीन एमालेबाट उम्मेदवार बनेका सिलवाललाई जिताउन हिँडेका थिए । मालीलाई अहिले पनि सिलवालले नै संरक्षण गर्दै आएको पिडितहरुले बताएका छन् । 

उनी लुकीछिपी हिँड्ने गरेको प्रहरीले जनाएको छ । माली र गिरीको कनेक्सनका बारेमा प्रहरीले भित्रिरुपमा सुक्ष्म तवरबाट अनुसन्धान गरिरहेको छ । 

मालीले सत्तारुढ नेकपाको आडमा अबैध असुलीधन्दा र गरै कानूनी गतिविधि र हर्कतहरू गर्दै आइरहेका छन् । 

गुण्डागर्दी र लागूऔषध कारोबारी गरेको अभियोगमा जेल जीवन बिताइरहेका ‘गुन्डा नाइके’ भनेर कहलिएका रमेश बाहुनको जेल जीवन पनि रोचक ढंगले बितिरहेको खबर पनि छ । अहिले रमेश बाहुन जेल भित्रै हिन्दी फिल्म अन्डरवल्ड डन जस्तै ऐसआराम जीवन बिताइरहेका छन् । 

उनले कारागारबाटै आपराधिक गतिविधि बढाउन कसरी सम्भव भएको होला ? तपाईलाई अचम्म लाग्न सक्छ ? जेल जीवन पनि हैसियतमै बिताएका छन् । 

सुन्धारा कारागारमा राखिएका बाहुनले कारागारभित्रैबाट विभिन्न व्यापारीलाई धम्काउन लगाउनेदेखि कारागारभित्रकै व्यापारको टेन्डरसमेत हात पार्न उनको भुमिका हुने गरेको छ । 

कारागारका नाइकेका अनुसार गुण्डागर्दी शैलीमै बाहुनले कारागारभित्रका केही पसल समेत हात पारेका छन् । 

त्यसमध्ये एउटा कपडा पसल र अन्य खाजा पसल रहेका छन् । कारागारभित्र रहे पनि आफू निकटका आउट डोर अथवा चौकीदार रहेका कैदी प्रयोग गरेर बाहिरका व्यापारीलाई समेत धम्काएर पैसा असुली चलिरहेको छ । 

अरुले थाहा पाउँछन् भन्ने डरले पसल सञ्चालनको जिम्मा भने बाहुनले अरुलाई नै दिएका छन् । बाहिरका व्यापारीलाई फोन गर्ने जिम्मा आफूसँगै नेपाली सेनामा कार्यरत हुँदाका साथी रेन्जर गणका भगौडा नेपाली सेनाका तामाङ थरका जवान लगायतलाई जिम्मा लगाउने गर्दै आएका थिए । 

तामाङ तत्कालिन समयमा केन्द्रीय कारागार सुन्धाराका नाइके हुन् । उनीहरुले चाहेको बेला जो सुकैलाई फोन गर्ने सुविधा उपलब्ध हुन्थ्यो । 

त्यही मौका पारेर तामाङले रमेश बाहुनको नाम लिएर व्यापारीलाई धम्काउँदै रकम असुली गरेको कारागार प्रशासनले फोन गर्दागर्दै रंगेहात भेटेपछि उनलाई केही महिनाअघि ललितपुरको नख्खु कारागार सरुवा गरेको थियो । ती व्यक्ति थिए बुद्ध तामाङ । 

त्यसो त रमेश बाहुनको दैनिकी देखेर अन्य कैदीहरुले जिब्रो टोक्ने गरेका छन् । उनले नुहाइदिनेदखि, सुत्ने कोठा सफा गर्ने र लुगा धुने बेग्ला बेग्लै कर्मचारी राख्ने गरेको स्रोतले जाएको छ । ती काम गर्ने कर्मचारीलाई तलब दिएरै राखेको बुझिएको छ । 

त्यसो त उनको धन्दा चर्किएको भन्दै बाहुनलाई केही बर्ष कारागारको गोल घरभित्र राखिएको थियो । हाल उनी गोलघर बाहिर छन् । 

रमेश बाहुन करिब १० बर्ष अगाडि काठमाडौँको बानेश्वरमा एक टेन्डरमा प्रहरी सई माथी गोली प्रहार गरी फरार भएका थिए । पछि भूमिगत शैलीमा आफ्नो आसुली धन्दा संचालन गर्दै आइरहेका थिए । 

अहिले पनि निर्माण व्यवसायी र उधोग व्यवसायीहरु बाहुन समूहको हर्कत देखेर आजित भएका छन् । उनीमाथि अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना र लागूऔषध मुद्दा छ । 

सुजन पौडेल उर्फ रमेश बाहुन नेपाली सेनाको रेन्जर गणमा तालिम गरेर २०६१ सालमा भागेका व्यक्ति हुन् । रेञ्जर गणबाट भागेर भूमिगत शैलीमा आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका थिए । 

रेन्जर गणबाट भागेपछि सेनाबाटै भागेका भगौडालाई बटुलेर उनी चर्चामा आएका थिए । –अभियान टाइम्सबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *