बर्दियामा पाटे बाघको बिगबिगी, निकुञ्जबाट निस्किएर लियो वृद्धको ज्यान

भदौ ८, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार बिहान साढे सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।   

घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । थारुको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बिहीबार पाटे बाघले आक्रमण गर्दा बर्दियाकै गेरुवा गाउँपालिका –४ दंगपुरकी ५६ वर्षीया रामकली शाही मृत्यु भएको थियो।   

बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् । वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *