पोखराको बुढीबजारमा सनराइज बैंकको १२० औं शाखा

२०७६ साउन २८ गते

साउन २७, पोखरा । सनराइज बैंकको नयाँ शाखा कार्यालय पोखराको बुढीबजारमा सुरु भएको छ । बैंकले बुढीबजारमा १२० औँ शाखा सञ्चालनमा ल्याएको हो । आज सोमबार आयोजित औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखाकार्यालय तथा ए. टि. एम.को उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
null

२०७६ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित