भारतीय गाडीले माइक्रोबस र ट्रकलाई ठक्कर दियो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

साउन २६, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरीनटारमा आइतबार बिहान सवारी दुर्घटना भएको छ । भारतीय ट्रकले नेपाली नम्बर प्लेटको ट्रक र माइक्रो बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि नपाली ट्रकका सहचालक धादिङ आदमघाटका १८ वर्षीय राजिव माझी घाइते भएका छन् । उनलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण पृथ्वीराजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ । 

चितवन प्रहरीका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको एमएल ०१ जी ४४१९ नम्बरको भारतीय ट्रकले इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा बिपरित दिशाबाट जाँदै गरेको ना ७ ख ९७७४ नं.को ट्रक र बा ४ ख ८१८ नं. को माइक्रोबसलाई ठक्कर दिएको हो । 

null

दुर्घटनाका कारण क्षेति पुगेका सावरीसाधन पञ्छाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *