इंग्लिस प्रिमियर लिगः म्यानचेस्टरले वर्नमाउथलाई ३-१ गोलले हरायो

भदौ ९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वर्नमाउथलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलको १५ मिनेटमा अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरोले १ गोल गर्दै अग्रता दिलाएका थिए ।   

४३ औँ मिनेटमा रहिम स्टर्लिङले अर्को गोल गर्दै दुई गोल बनाउन सफल भए । त्यतिन्जेलसम्म वर्नमाउथको ० गोल थियो । खेलमा पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा भने वर्नमाउथका लागि विल्सनले गोल गर्न सफल भए ।   

उता सिटीका लागि ६४ औँ मिनेटमा अग्युरोले पुनः गोल गरेसँगै सिटीको ३ गोल भयो भने वर्नमाउथले १ गोल भन्दा अर्को गोल हान्न नसके पछि हार बेहोर्नु पर्यो ।   

null

जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ३ खेलबाट ७ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ९ अंक छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =