पुडाशैनी आत्महत्या प्रकरण– सुरु भयो बयान

भदौ ८, चितवन । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या दुरुत्साहन सम्बन्धमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र (मुद्दा) दर्ता गराएको छ ।   

प्रहरीले घटनाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा आईतबार नै फाईल पेश गरेको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्या दर्ता गराएको हो । मुद्दा दर्तापछि अहिले आरोपितहरु रवि लामिछाने, युवराज कडेंल, अस्मिता काकीसँग बयान लिनेछ ।   

सुरुमा कार्कीसँग बयान सुरु भएको छ । बयान सकिएपछि बहस सुरु हुने जनाईएको छ । तर आइतबार नै बयान सकिने सम्भावना न्युन छ ।   

Image result for शालिकराम रवि

पत्रकार पुडाशैनीले साउन २० गते राती चितवनको नारायणगढ स्थित कंगारु होटलमा आत्महत्या गरेका थिए । आत्महत्या अघि पुडाशैनीको मोबाइलमा रेकर्ड गरिएको भिडियोमा सञ्चारकर्मी लामिछाने, कडेंल र नर्स कार्कीको नाम उल्लेख थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =