प्रकाश सपुत पहिलाे पटक श्रीमतीसँगै कतारतिर
२०७६ साउन २८ गते

साउन २७, काठमाडौँ । गलबन्दी गीतबाट नाम र दाम कमाउन सफल भएका अहिलेका चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत श्रीमती सहित पहिलो पटक बिदेश भ्रमणको लागि निस्किएका छन् ।
उनले आईतबार सामाजिक संजाल फेसबुक मार्फत उनी श्रीमती बिन्दुसँगै कतारकाे दाेहामा सांगीतिक कार्यक्रमा आफ्नो प्रस्तुती देखाउन जान लागेको जानकारी दिएका हुन् ।
null
बिवाह गरेको सात वर्षपछी यही महिना मात्र सांगितीक क्षेत्रकै कमाईले बनाएको सुन्दर घर श्रीमतीलाई उपहार दिएका सपुतले कतारको दोहामा हुन लागेको सांगितीक कार्यक्रममा आउन सबैलाई चुले निम्तो समेत गरेका छन् ।
उनले फेसबुकको आफ्नो वालमा लेखका छन् । ल कतारको साईत गरियो । यसपाली यात्रामा संगै बिन्दु जि पनि ।
२०७६ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








