सुनको भाउ ह्वातै घट्यो

 

साउन २९, काठमाडौँ । केही दिन देखी लागातार बृद्धी भएको सुनको भाउमा बुधबार ७ सय घटेर कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सम्म प्रतितोला ७१ हजार रुपैयाँमा बिक्री बितरण भईरहेको छापावाला सुनको मूल्यमा आज सात सय घटेर ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

null

महासंघका अनुसार मंगलबार सम्म प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको तेजाबी सुनमा आज सात सय घटेर प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ । 

त्यसैगरी बुधबार चाँदीको मूल्यमा पनि १५ रुपैँया घटेको छ । मंगलबार सम्म प्रतितोला ८ सय ३५ मा बिक्रीबितरण भएको चाँदीको भाउ आज प्रतितोला ८ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *