अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर

भदौ ८ काठमाडौं । आईएमईग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित  अशोक लेलैण्ड र धरान प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन । 

यस सम्झौता अनुरुप आईएमईमोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०%  सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्नप्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबिच संयुक्त रुपमा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । 

स्मरण रहोस्  रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *