उत्तम संञ्जेलले ज्यानमुद्धा खेपिरहँदा रवि लामिछाने भने चोखिएलान् ?

 

साउन ३०, काठमाडाैँ ।  सिधा कुरा जनतासंगका सञ्चालक रवि लामिछानेलगायत मुछिएपछि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ टुईस्ट आएको छ । 

शालीकरामले मर्नुअघि खिचेको भनिएको एउटा भाईरल भिडियोमा रविसहित ३ जनाको नाम पोलिएको छ । त्यसमा पुडासैनीले रवि र अरु तीन जनाकै कारणले आत्महत्या गर्नुपर्ने कारण बताएका छन् । 

null

यस विषयमा पहिल्यै पनि चर्चा भएको थियो । तर तर भिडियो के थियो र कस्तो थियो भन्ने सार्वजनिक भएको थिएन । सामाजिक सञ्जालमा यो खबर फैलन थालेपछि अनुसन्धान प्रभावित नपार्न अनुरोध गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले एउटा विज्ञप्ति निकालेको थियो । 

घटनाको भोलीपल्ट साउन २१ गते पशुपति आर्यघाटमा शालीकरामको अन्त्येष्टि गरियो । त्यहाँ पनि तनाव भयो । रवि लखेटिए भनी सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट भए । त्यही दिन रवि लामिछानेले आफ्नो फेसबुकमा लाइभ गर्दै घटनाबारे बोले । २१ मिनेट लामो त्यो लाइभमा उनले आफु र शालिकरामविच राम्रो समबन्ध रहेको बताए । 

रविका अनुसार न्युज २४ बाट शालिकराम माउन्टेन टिभीमा गएको दुई महिनामात्रै भएको थियो । बुधबार सार्वजनीक भिडियोमा शालिकरामले रुँदै बोलेको भिडियोमा आफ्नो पीडा पोखेका छन् । उनले सीधै रवि लामिछानेलाई नै सम्बोधन गरी विभिन्न आरोप लगाएका छन् । 

दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको (रवि रावी लाछानेको) असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ 

शालीकराम ले यस्तो भनेका छन् भिडियोमा ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । 

कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । 

केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको (रवि रावी लाछानेको) असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।’ 

‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी ‘कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान र्पुयाइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँँ ।’ 

रवीको कमजोर प्रतिक्रिया ?रवि लामिछानेले आफ्नो फेसबुकमा यो भिडियो सार्वजनिक भए लगत्तै स्टाटस लेखेर मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । उनले थप जानकारी केही समयमा गराउने भन्दै ‘सारा आरोप सुन्दा शालिकराम लाई ठुलो भ्रम परेको’ लागेको लेखेका छन् । तर उनले त्यो लेखेको २० घण्टासम्म केही थप प्रतिकृया दिएका छैनन् । यसअघि २० मिनेटसमम फेसबुक लाईभ गरेका उनले अहिले केहीबेरमा थप प्रतिकृया दिने भनेपनि किन दिएनन् ? यो विषयलाई पनि रहस्यमय रुपमा हेरिएको छ । 

प्रहरी के गर्दैछ ?सामाजीक सञ्जालमा बुधबार मात्रै सार्वजनीक भएपनि भिडियो प्रहरीको हातमा भने शालिकरामले आत्महत्या गरेकै दिन परेको थियो । प्रहरीले यसैलाई आधार बनाएर अनुसन्धान पनि अघि बढाइसकेको हो । भिडियोमा उल्लेख भएका पात्रहरुको विषयमा प्रहरीले एक चरणको अनुसन्धान गर्न भ्याइसकेको छ । 

यो प्रकरणको केन्द्रमा एक युवती छिन् । शालिकरामले भिडियोमा त्यो केटीको नामै लिएका छन् । अनुसन्धानमा संलग्न स्रोतका अनुसार युवती र शालिकरामबीच शारीरिक लगायत सबै किसिमको सम्बन्ध थियो। उनैसँग शालिक अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा जाने तयारी पनि थियो । बीचमा दुई बीच खटपट हुन्छ । खटपट हुनुको कारण थाहा भएको छैन । खटपट भएपछि युवती शालिकबाट टाढिन खोज्छे । विवाद हुन्छ । 

युवती शालिकरामले यसो गर्न खोज्यो भन्दै न्युज २४ टिभीमा पुगेको र कार्यक्रम बनाउन लागेको भन्ने खबर शालिकरामले पाएको हुन्छ । युवती साँच्चिकै न्युज २४ टिभीमा पुगेकी हुन् कि हैनन, त्यहाँ सीधा कुराको टिमले वा रविले उनीविरुद्ध रिपोर्ट बनाउँछु भनेका हुन् कि हैन, यो विषय अनुसन्धानमा खुल्न बाँकी छ । 

ती यूवतीले ‘रवि दाइसँग पनि कुरा गरिसकेँ, उहाँले रिपोर्ट बनाउँछु भन्नुभएको छ । अब तँलाई बलात्कारको मुद्दा लाग्छ भनेपछि विवाहित शालिकराम तनावमा आएको बुझिएको छ । उनले डिप्रेसनको औषधि पनि खान थालेका थिए । 

यसअघि जोरपाटीको उत्तम सन्जेलको समता अस्पतालमा त्यहाँ कार्यरत एक महिला कर्मचारीले आत्महत्या गरेकी थिईन् । उनीसँग भेटिएको चिटको आधारमा सन्जेल पत्नीसहित अस्पतालका दुई कर्मचारीलाई अभद्र व्यवहारमा म्याद थप गरेर आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अदालतमा मुद्दा लगिएको थियो । अदालतले तीन लाख धरौटीमा उनीहरुलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो । यस कटनामा रवीलाई पनि प्रहरी पक्राउ गरेर अनुसन्धान गर्न पाउने छ । 

अव रवी लामिछानेलाई के सजाय हुन्छ ?अनुसन्धानकर्मीहरुका अनुसार कानुनको सामान्य सिद्दान्त मर्नेले झुट बोल्दैन भन्ने हुन्छ । यसअघि आत्महत्या गर्दा आत्महत्या गर्ने नै दोषी हुन्थे । तर भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन अनुसार आत्महत्या गर्न उक्साउने अर्थात् दुरुत्साहन गर्नेलाई पनि सजायको व्यवस्था छ । यसअघि जोरपाटीको उत्तम सन्जेलको समता अस्पतालमा त्यहाँ कार्यरत एक महिला कर्मचारीले आत्महत्या गरेकी थिईन् । 

उनीसँग भेटिएको चिटको आधारमा सन्जेल पत्नीसहित अस्पतालका दुई कर्मचारीलाई अभद्र व्यवहारमा म्याद थप गरेर आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अदालतमा मुद्दा लगिएको थियो । अदालतले तीन लाख धरौटीमा उनीहरुलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो । यस कटनामा रवीलाई पनि प्रहरी पक्राउ गरेर अनुसन्धान गर्न पाउने छ । 

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले रविलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । ‘प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ । अब पक्राउ गरी कावाही प्रकृया अघि बढाइन्छ । म त्यो प्रकृयामा लागिसकेको छु । अब परिवारको किटानी जाहेरी आयो भने प्रहरीले रविलाई पक्रन सक्ने संकेत देखिन्छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *