किन गोप्य राखियो प्रधानमन्त्रीको स्वास्थ रिर्पाेट ?

 

साउन ३०, काठमाडाैँ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूका हरेक गतिविधि जान्न पाउने नागरिकको हक हुन्छ । यस्ता संवेदनशील विषयका सूचना सार्वजनिक निकाय र व्यक्तिले बाहिर ल्याउनुपर्छ । 

तर प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर फर्केको तीन दिन बितिसक्दा पनि सरकारले उनको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन । १० दिन सिंगापुरमा बसेर उपचार गरेर फर्किएका भनिएका मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ । 

null

प्रधानमन्त्री सार्वजनिक व्यक्ति भएकाले उहाँसंँग सम्बन्धित सूचना जान्न पाउने अधिकार आम नागरिकमा भएपनि सार्वजनीक नगरिदा विरोध भएको हो । प्रधानमन्त्री के समस्याका कारण स्वदेशमै उपचार नभएर विदेश जानुुपर्याे र उपचारपछिको अवस्था कस्तो छ भन्नेमा पारदर्शी हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ । 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनले पछिल्लो समय सैनिक अस्पताल छाउनीमा परीक्षण गराउँदा केही समस्या बढेपछि चिकित्सकहरूले विदेशमा जान सल्लाह दिएका थिए । त्यही आधारमा ओली सिंगापुर गएका थिए । 

सिंगापुरबाट सोमबार फर्केर्नेक्रममा प्रधानमन्त्री ओलीलाई विमानस्थलमै एक पत्रकारले प्रश्न सोधेका थिए – ‘तपाईको स्वास्थ अवस्था कस्तो छ ?’ प्रश्न भूईमा खस्न नपाउदै प्रधानमन्त्रीले ठाडो जवाफ फर्काएका थिए ‘मान्छे हेर्दै थाहा भईहाल्छ नी ।’ ओलीले ट्वीटरबाट पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए ।  

‘प्रधानमन्त्रीको स्वास्थ्यमा खराबी थियो भने के थियो ? के सुधार भयो ? सार्वजनिक व्यक्ति भएकाले उहाँले सार्वजनिक गर्दा राम्रो हुने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मी बताउछन् । उनी भन्छन् ‘पहिल्यै जानकारी गराउनु पर्थ्याे , अझ चासो प्रकट हुन थालेपछि प्रधानमन्त्री कार्यालय वा सचिवालयले तुरुन्त जानकारी दिनु पर्थ्याे ।’ 

सरकारले सार्वजनिक पदमा रहेका लगायत कुनै पनि व्यक्तिको विदेशमा हुने उपचार खर्च नव्यहोर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जानकारी उनी सिंगापुर प्रस्थान गरेकै दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औपचारिक रूपमै गराएका थिए । प्रधानमन्त्रीको टोलीमा रहेका सबैको हवाई भाडा, कर्मचारीको दैनिक भ्रमणभत्ता र होटल खर्चमात्र सरकारले व्यहोरेको जानकारी गराईएको थियो । 

प्रधानमन्त्रीको उपचार खर्च र भ्रमण दलका सदस्यको खर्चसमेत प्रधानमन्त्री स्वयंले व्यहोर्ने बास्कोटाले बताएका थिए । तर सबैको हवाई भाडा र ओलीको भ्रमण दलमा सामेल सरकारी कर्मचारीका लागि सरकारले कति रकम व्यहोरेको थियो भन्ने खर्च सार्वजनिक गरिएको छैन । 

प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, निजी चिकित्सक, प्रधानमन्त्रीका स्वकीय सचिव, प्रमुख राजनीतिक सल्लाहकार र सुरक्षाकर्मी गएका थिए । खर्च सार्वजनकि नगरिदा प्रधानमन्त्रीले आफैं उपचार खर्च व्यहोर्ने भनिए पनि अरू कसैले व्यहोरिदिएको आशंका समेत उब्जिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *