पत्रकार शालिकराम प्रकरणः निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने ६ जना प्रहरीको नियन्त्रणमा

भाद्र २, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

चितवन स्थित चौविसकोठी र मालपोत चोकबाट ६ जना  प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।   

आज चितवनमा ब्यापक रुपमा प्रहरी परिचालन गरीएको छ । प्रहरीले प्रदर्शनकारीलाई चौबिसकोटी र मालपोत चोकबाट अगाडी बढ्न दिएको छैन । प्रदर्शनकारीले रवि लामिछानेको रिहाईको माग गर्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् । अस्तिको तुलनामा आज प्रदर्शनकारीको उपस्थिति कम देखिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *