धम्कीसँगै मानसिक तनाव खेप्नु परेको भन्दै २२ चिकित्सकद्वारा सामूहिक राजीनामा

भाद्र ६, दाङ ।  दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले एकसाथ सामूहिक राजीनामा दिएका छन् । 

प्रतिष्ठानमा कार्यरत २५ मध्ये २२ जनाले उपकुलपति डा. संगीता भण्डारीले ज्यादती गरेको, अभद्र व्यवहार गरेको र मानसिक तथा भौतिकरूपमा काम गर्ने वातावरण सिर्जना नगरेकाले भन्दै सामूहिक  राजीनामा दिएका हुन् ।   

राजीनामा दिने चिकित्सकहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थोपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा.रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा.बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. राजन शाक्य रहेका छन् ।   

यस्तै पेडियाट्रिकस डा. कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा।बसन्त लामिछाने, डा. सर्जन ईश्वरी भुषाल, डा याम, डि.जि.पि डा.अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा. जेम महर्जन, कमिनिटि मेडिसियन डा. वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् ।   

त्यस्तै राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा। गौरव आचार्य, डा. अनिल खाम, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. प्रितम डि.सी, डा. आयुष पौडेल, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् ।   

उपकुलपति भण्डारीले केही चिकित्सकलाई अनावश्यक दबाव दिएको, हटाउन खोजेको र पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको जस्ता कुराहरु उनीहरुले राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।   

लामो समय देखी उत्पन्न भएको विवादलाइ प्रतिष्ठानले मिलाउन नसक्दा चिकित्सकहरूले राजीनामा दिनु परेको हो । चिकित्सकहरूले राजीनामा दिएपछी हाल उक्त अस्पतालमा स्वास्थ्य सेवा ठप्प हुँदा सेवाग्राहीले निकै सास्ती भोग्नु परिहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *