अबैध भालुको छाला, पित्त र दाँत सहित तीन पक्राउ

 

साउन १७, रुपन्देही । प्रहरीले बिहिबार रुपन्देहीमा अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला, पित्त र दाँत सहित तीन जना पक्राउ गरेका छन् । 

प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित पक्राउ गरिएको हो । 

null

पिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

 उनीहरुको साथबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान फेला पारिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाइ हाल कारवाहीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *