आजका छापाः कहाँ छ सुगौली सन्धीको दस्तावेज ? कांग्रेसको प्रादेशिक संरचना गठन, सुन तस्करको नयाँ सञ्जाल

 

साउन २२, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न छापा माध्यममा फरकफरक विषयले प्राथमिकता पाएका छन् । कान्तिपुर, गोरखापत्र, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट लगायतले सुगौली सन्धीको दस्तावेज देखि, कांग्रेस भित्रको सांगठनिक किचलो र सुन तस्करको नयाँ सञ्जालका विषयलाई उठाएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीको आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ ।कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थापन र इतर पक्षीय गुटले विधानविपरीत प्रादेशिक अन्तरिम संरचना गठनको समझदारी गरी कार्यायोजना तयार गरको हुन् । 

null

कांग्रेसले पुरानै संरचनालाई नयाँमा रुपान्तरण गर्ने गरी कार्ययोजना ल्याएको हो । प्रस्तावित कार्ययोजना केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिनेछ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेख्छन् । 

यसैगरी सरकारी मुखपत्र गोरखापत्रले संविधान संसोधनको विषय प्रकाशित गरेको छ । प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गरेको छ । 

मधेस केन्द्रित दलहरूले सविधान संशोधनको मुद्दा उठाउँदै आएका छन् । उनीहरूले संविधान संशोधनको मुद्दामा बेलाबेला संसद् अवरोध गर्नुका साथै आन्दोलन गर्ने बताउँदै आएका छन् । सङ्घीय समाजवादी फोरम संविधान संशोधनको सर्तमा वर्तमान सरकारमा सहभागी छ । नेकपाले प्रकाशनमा ल्याएको तर वितरण नगरेको राजनीतिक दस्तावेजमा संविधान गतिशील दस्तावेज हो भनेको छ । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय नरहेको उल्लेख छ । 

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक नेपाली जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित भएको उल्लेख गर्दै नेकपाले यसलाई दूरगामी महत्वको परिवर्तन भनेको छ । आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेख्छन् । 

हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चे्िस्थत खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानथस्लबाट चार किलो अवैध सुन बरामद भएको विषयलाई गोरखापत्रले स्थान दिएको छ । 

यी दुई घटनाले सुन तस्करको जालो अपत्यारिलो ढङ्गले जरा गाडेर बसेको स्पष्ट हुन्छ । अपराध अनुसन्धान विश्लेषक एवं पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सुन तस्करीमा नेपालको भूमि र भरियामात्र प्रयोग हुने गरेको बताउँछन् । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलबाट अवैध रूपमा आयात भएको ३३ किलो सुनकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सुन भरियाको एउटा सञ्जाल भत्काए पनि अन्तर्रा्िष्ट्रय सुन तस्कर, बेपत्ता ३३ किलो सुन र मालिकको पहिचान गर्न नसक्दा अपराधीको मनोबल बढेको छ । 

यही साउन ९ गते गोरखाको धार्चेमा १६ किलोसहित स्थानीय खच्चड व्यापारी धनकमल गुरुङ र २० गते आइतबार विमानस्थलबाट चार किलो अवैध सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । यी घटनामा अन्तर्रा्िष्ट्रय तस्करको संलग्नता देखिन्छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेख्छन् । 

यता अन्नपूर्ण पोस्टले भने सुगौली सन्धिको विषयलाई उठान गरेको छ । नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ । 

सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा सरकारले अध्ययन भइरहेको जनाएको छ । राष्ट्रिय महत्त्वको दस्तावेजका विषयमा समितिले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग जानकारी दिएको थियो । समितिमा मन्त्रीले पनि महत्त्वपूर्ण दस्तावेजबारे स्पष्ट जबाफ दिन सकेनन । परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शंका गरे । 

मन्त्री ज्ञवालीले यी सन्धिसम्झौताका विषयमा सरकारले अध्ययन गरिरहेको बताए । यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा चिरञ्जीवी घिमिरेले लेखेका छन् । 

विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो । 

ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा नवीन लामिछानेले लेखेका छन् । 

तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् । 

उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहान बेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घा छेकने छत छ ।’ 

दूतावासका गाडी पार्किङ गर्ने ठाउँमा उनीहरुलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाईरहेको छ । उनीहरुलाई कामाडौँस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =