रवि सहित तीनै जनालाई जिल्ला अदालत लगियो

साउन ३१, चितवन । बिहिबार साँझ काठमाडौँबाट पक्राउ परेका चर्चित संचारकर्मी  रबि लामिछाने सहित तीनै जनालाई जिल्ला अदालत लगिएको छ ।   

११ बजे  जिल्ला अदालत पेश गर्ने भनिएता पनि उनीलाई  १२ बजे पछि म्याद थपका लागि जिल्ला अदालत  लगिएको हो । 

रबिका समर्थकले जिल्ला प्रहरी कार्यालय आगाडी  बिभिन्न नारा जुलुस गरेर बाधा उत्पन्न गरेपछी उनलाई  प्रहरी कार्यालयकाे पछाडीकाे गेट प्रयोग गरेर जिल्ला अदालत लगिएको हो । 

लामिछाने सहित  पक्राउ परेका  युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाइ अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिइएकाे छ ।  

अहिले उनको समर्थकले जिल्ला अदालतको गेट अगाडी  बिभिन्न नाराबाजी गरिरहेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *