नख्खु कारागारमा कैदीबन्दीबीच झडप, एक जनाको मृत्यु

 

साउन १७, काठमाडौं । नख्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ । 

शुक्रबार दिउँसो भएको झडपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो । 

null

झडपपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीका अनुसार पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले पूर्णबहादुरको टाउकोमा प्रहार गरेका थिए । 

मृतक पूर्णबहादुर र आक्रमण गर्ने पवन दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । 

घटनाबारे थप विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *