सिरियामा एकतर्फी रुपमा युद्धविराम घोषणा

एजेन्सी । रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविराम घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिक सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी युद्धविराम घोषणा गरेको हो । 

संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिकमा निम्त्याउने जोखिम विरुद्ध सचेत हुन आग्रह गरेको छ । यसअघि पनि सरकारी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौ सर्वसाधारण बिस्थापित भइसकेका छन् । 

राष्ट्रसंघका अनुसार अप्रिल महिनाको अन्त्यतिरबाट शुरु भएको आक्रमणमा ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं बिस्थापित भएका छन् । सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि रुसले चार वर्षअघि नै अल असदलाई समर्थन गर्ने जनाएको थियो । 

title

सिरियाका लागि रुसी मेलमिलाप केन्द्रले सरकार विरोधी लडाकूलाई सशस्त्र आन्दोलन त्यागेर वार्तामा आउन आग्रह गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *