नेविसंघद्वारा अमेरिकाबाट पठाइएको ३ लाख बढी रकम मुटु रोगीका परिवारलाई हस्तान्तरण

 

साउन १७, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बाफिकोट गाउपालिका वडा नम्बर ६ मग्मा दलित समुदायमा बस्ने आर्थिक अवस्था अत्यन्तै नाजुक भएका मुटु रोगी वादी कामीलाई अमेरिकाबाट आएको ३ लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । 

अमेरिकामा बस्ने नेपालीले पठाएको ३ लाख ७८ हजार ३ सय ७४ रुपैयाँ नेविसंघले आज (शुक्रबार) पीडितलाई हस्तान्तरण गरेको हो । 

null

गंगालाल अस्पतालमा भर्ना भएका बिरामी बादी कामिलाई भेट्न पुगेका नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, नेपाल विद्यार्थी संघका नेता हरिचन्द्र खनाल र नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहको टोलीले रकम पीडितका आफन्तलाई बुझाएको हो । 

बिरामी कामिका लागि अमेरिकामा रहेका रुकुम पश्चिमका युवाहरू बिर्ख बहादुर खत्री, हरि बहादुर खत्री, कमला खत्री, पारस खडका, मन बहादुर कुसारी, गोविन्द कुसारी, गोर्ख बहादुर कुसारी, विजय दर्पन चन्द, मोहन कुसारि, हेमराज खनाल, गणेश कुसारी, किशोर कुसारि लगायत २० जनाको समूहले रकम जम्मा गरेर नेपाल पठाएको हो । अमेरिकामा रकम उठाउने समुहको नेतृत्व बिर्ख खत्रीले गरेका थिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *