यस्तो छ आजदेखि तीन दिनसम्म वर्षाको संम्भावना, २४ घण्टे चेतावनी

भाद्र १, काठमाडौं । आज (आइतबार) देखि तीन दिन अर्थात् मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।   

यस्तै दिउँसो पश्चिमका धेरै र पूर्व र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसति मध्यमसम्म वर्षा हुने सम्भवना छ । साथै पश्चिम तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मध्यम खालको वर्षा हुने संम्भावना छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ ‘देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने संम्भावना रहकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ ‘देशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ महाशाखाको सूचनामा भनिएको छ ‘जसले गर्दा सडक यातायातमा पहिरोर भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू–भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’ 

भाद्र १ गते आइतबार 

दिउँसो, देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी तथा पूर्वी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको संम्भावना छ । 

राति, देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको संम्भावना छ । 

भाद्र २ गते सोमबार 

दिउँसो,  देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको संम्भावना छ । 

राति, देशका अधिकाश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका मध्य र पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको संम्भावना छ । 

भाद्र ३ गते मंगलबार 

दिउँसो स् देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानमा तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति, देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पूर्वी भूभागका थोरै स्थानमा र मध्यका एक दुई स्थानमा भारी वर्षाको संम्भावना छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *