म्यानचेस्टर युनाइटेडले गुमायो पेनाल्टी मौका, उल्भरह्याम्टनसँगको खेल बराबरीमा टुंगियो
भदौ ३, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनबीचको खेल बराबरीमा टुंगिएको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटड र उल्भरह्याम्टनले १/१ गोलको बराबरीमा चित्त बुझाएका हुन् ।
खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा एक गोलको अग्रता लिएको युनाइटेडले ६८ औं मिनेटमा पेनाल्टीमार्फत पुनः अर्को गोल गर्ने मौका पाएपनि त्यो मौका गुमेपछि उसले उल्भरह्याम्टनसँ बराबरी गोलमा चित्त बुझाउन पुगेको हो
म्यानचेस्टर युनाइटेडले पाएको पेनाल्टीमा पउल पोग्बा पूर्ण रुपमा चुक्न पुगेका हुन् । यो सिजनको पहिलो खेलमा चेल्सीमाथि चार शून्यको प्रभावशाली जित निकालेको युनाइेटडले सोमबार रातिको खेलमा पेनाल्टीको मौका सदुपयोग गर्न नसक्दा अंक समेत बाँड्न पुग्यो ।
युनाइेटड विरुद्ध उल्भ्सका तर्फबाट रुवेन नेभेसले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाउन सफल भए । यो खेलसँगै युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ ।