वास्तुशास्त्र अनुसार घरमा यस्ता वास्तुदोष भए कहिल्यै पैसा टिक्दैन

भाद्र ५ ।  वास्तुशास्त्र अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । 

यस्ता छन् वास्तुदोषः 

  

Image result for वास्तुदोष भए कहिल्यै पैसा टिक्दैन

– वास्तुशास्त्रमा उत्तर–पूर्वलाई धन आगमनको दिशाको रुपमा मानिन्छ । यो दिशामा गह्रुँगो सामान र फोहोर राख्दा धन आगमनमा समस्या हुन्छ र घरमा पैसा टिक्दैन । 

– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ । 

– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन । 

– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या भईरहन्छ । 

– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =