ललितपुरको कुपण्डोलमा सनराइज बैंकको ११७ औं शाखा संचालन

 

श्रावण २३, काठमाडाैँ ।  आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज  बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । 

यसै क्रममा बैंकले कुपण्डोलमा ११७औँ शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रूपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गरेका थिए । 

null

उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, श्री ओम कृष्ण जोशी तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरूकाे पनि उपस्थिति रहेको थियो । 

हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजना रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *