प्रधानमन्त्री ओली पुनः अस्वस्थ, सिंगापुर लैजाने तयारी

 

साउन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुनः उपचारका लागि सिंगापुर लैजाने तयारी भएको छ । 

मृगौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुनः सिंगापुर लैजाने तयारी भएको हो । ‘मिर्गौलामा ‘क्रेटिनिम’ को मात्रा बढ्दै गएको छ,’ उपचारमा संलग्नमध्येका एक चिकित्सकले भने । 

null

साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्केका थिए । ओलीको सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’मा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बाएका छन् । 

उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुनः सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिए । स्वस्थ्य मानिसमा ‘क्रिटिनिम’को मात्रा १ दशमलव ४ हुन्छ । त्यो दर प्रधानमन्त्रीको बढेर गएको डा. सायमीले बताए । बरिष्ठ चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गोप्य नराख्न नीजि चिकित्सकहरुलाई आग्रहसमेत गरेका छन् । 

क्रिटिनिमको मात्रा बढ्दै गएकाले चिकित्सकहरुले ओलीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मिर्गौला ड्यामेज हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । 

सिंगापुरबाट स्वास्थ्य परीक्षण गरेर सोमबार फर्केका प्रधानमन्त्री ओलीलाई बुधबारदेखि नै खोकी लाग्न थालेको थियो। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक समेत स्थगित भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *