कर्णाली प्रतिष्ठानकी प्राध्यापक किरण रेग्मीले दिइन् राजीनामा

 

साउन २४, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राध्यापक किरण रेग्मीले पदबाट राजीनामा दिएकी छिन् । 

आवश्यक सेवा सुविधा उपलब्ध नगराएको भन्दै प्रा.डा. रेग्मीले साउन २१ गते मंगलबार उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेसमक्ष राजीनामा बुझाएकी हुन् । यद्यपी, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । 

null

‘उहाँको राजीनामा आएको छ । तर अहिले प्राध्यापनमा जनशक्ति एकदमै कम भएका कारण हामीले तत्कालै उहाँको राजीनामा स्वीकृत गरिसकेका छैनौँ’, उपकुलपति वाग्लेले प्रा.डा. रेग्मीले राजीनामा दिएको पुष्टि गर्दै भने, ‘प्रतिष्ठानका लागि उहाँ हुनु आवश्यक छ । उहाँले किन राजीनामा दिनुभएको हो, त्यसबारे जानकारी लिएर उहाँका असन्तुष्टीहरु सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।’ 

प्राप्त जानकारी अनुसार प्रा.डा. रेग्मीले प्रतिष्ठानले आवास लगायत आवश्यक सेवा सुविधा उपलब्ध नगराएको, आफूलाई प्रतिष्ठानका पदाधिकारीहरुले ‘ह्युमीलेट’ गरेको भन्दै आफू निकटसँग गुनासो राख्दै आएकी थिइन् । 

प्रा.डा. रेग्मीसँग प्रतिष्ठानका केही पदाधिकारीहरु अधिकांश समय काठमाडौं बसेको भन्दै असन्तुष्ट थिए । असन्तुष्ट रहेका पदाधिकारीले खुलेरै डा. रेग्मीको विरोध गर्न थालेपछि उनले राजीनामा दिएको स्रोतको दाबी छ । 

अवकास प्राप्त स्वास्थ्य सचिव प्रा.डा किरण रेग्मी ८ महिनाअघि मात्रै प्राध्यापक भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गएकी थिइन् । उनी ९ पुस २०७५ मा प्राध्यापक नियुक्त भएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =