स्पेनिस ला लिगाः एट्लिकाे मड्रिडकाे सुखद् सुरूवात
मकालु खबर
२०७६ भदौ २ गते
एजेन्सी। स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले नयाँ सिजनको सुखद् सुरुवात गरेको छ । ला लिगा अन्तर्गतको आफ्नो पहिलो खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध जीत निकाल्दै सिजनको सुखद् सुरुवात गरेको हो ।
आइतवार राति भएको खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध १–० को जीत निकालेको थियो । तनावपूर्ण बनेको खेलमा दुई जना खेलाडीले रातो कार्ड पाएका थिए । एट्लेटिकोको लागि खेलको २३ औं मिनेटमा अल्भेरो मोराटाले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।
जोर्ग मोलिन भिडेइले ३८ औं रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि गेटाफेका १० खेलाडीमा सिमित भएको थियाे । तर त्यसको केही मिनेट वित्न नपाउँदै एट्लेटिकोका रेनन लोडी दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि दुबै टोलीमा १०/१० खेलाडी भएका थिए ।
जीनसँगै एट्लेटिकोले अंक तालिकामा तीन अंक ल्याएको छ ।
मकालु खबर
२०७६ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित