नेकपाको सचिवालय बैठक आज ४ बजे बस्दै

भाद्र १, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आईतबार अपरान्ह चार बजे बस्ने भएको छ । 

सचिवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । 

अपरान्ह चार  बजेको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेण्डाकाे बिषयमा छलफल हुनेछ । 

गत शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न विभागको टुङ्गो लगाएको थियो । उक्त बैठकमा नेता झलनाथ खनालले आफुलाई तेस्रो वरियतामा राख्न लिखित प्रस्ताव पेश गरेका थिए । 

 आज उक्त विषयमा पनि बैठकमा छलफल हुने  जनाइएकाे छ ।  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *