मौसम पूर्वानुमानः आगामी २४ घण्टामा भारी वर्षा हुने, नदी आसपासमा सतर्क रहन मौसम विभागको आग्रह

साउन २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाका अनुसार आज देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन गरेको छ ।
देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीको पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहन पूर्वानुमान महासाखाको अनुरोध छ । साथै सडक यातायातमा पहिरोरभू(क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
null
राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्वी तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।








