भोटेकोसीको बाढीले बगायो रसुवाको बेलिब्रिज

भाद्र २, काठमाडौं ।अविरल वर्षापछि आइतबार आएको बाढीले भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारीले बताए । 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गएराती एक्कासि नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको हो । 

प्रजिअ भण्डारीका अनुसार पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ । 

null

बाढीले रसुवा भन्सार र जलविद्युत आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेपनि राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको छ । जिप्रका रसुवाले सम्भावित दुर्घटनालाई मध्यनजर गरेर जलविद्युत पावर हाउसको पावरसमेत कटअफ समेत गरेको थियो । 

तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढेकोले लगत्तै भन्सारमा रहेका ट्यांकरलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो । नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा पर्ने देखेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो । 

प्रजिअ भण्डारीका अनुसार बाढीको बहाव अहिले सामान्य अवस्थामा रहेको छ । प्रशासनको सतर्कताले संभावित क्षती कम गर्न सहयोग पुगेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *