कालु पाण्डे समाधि स्थल आसपासको जग्गा अधिकरण गर्न जरुरी : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं, १९ साउन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाँडेकोसमाधि स्थलको स्थलगत निरिक्षण गरेका छन् । अध्यक्ष तिमिल्सिना स–परिवारसहित कालुपाण्डेको समाधि स्थलको निरिक्षण गरेका हुन । 

निरिक्षणेको क्रममा उनले समाधि स्थलमा निर्माणार्धिन भ्युटावरको समेत निरिक्षण गरेका हुन । सो अवसरका यो टावललाई आधुनिक प्रविधि र उपकरणको प्रयोग गरि व्यवस्थापन गर्नुपर्ने बताउँदै आसपासको जग्गालाई आधुनिकरण गरी राष्ट्रिय पार्क निर्काण गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । उनले यस आसपासको क्षेत्रमा भुमाफियाहरुको कब्जा गर्ने दृष्टि राख्न सक्ने भन्दै छिट्टै सरकारले सरकारी करण गरी पार्क र घुमफिरका लागि उपयोग गर्नुपर्नेमा जोड् दिए । 

अध्यक्ष तिमिल्सिनाले ऐतिहासिक इन्द्रस्थान, कोतघर, पृथ्वी नारायण शाहले मुलुक एकीकणको समयमा निर्माण गरेका गढी, मनकामना मन्दिर पार्कलगायतको स्थलगत अवलोकन गरेका हुन् । 

null

अवलोकरनमा क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का सांसद् कृष्णगोपाल श्रेष्ठले समग्र चन्द्रागिरीको पयर्टन विकासका लागि आफु लागी परेकोु बताए । उनले यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै चासो रहेको भन्दै स्थानीय सरकारले सोही बमोजिम कार्य सम्पादन गर्नुपर्ने बताए । 

अवलोकन भ्रमणमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हरिशरण पुडाँसैनी, नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, कार्यकारी प्रमुख युवराज पौडेल, चनापा वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसी, दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापालगायतको सहभागिता थियो । 

यस क्षेत्रमा हरेका वर्ष फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन भ्रमणका लागि आउने गरेका छन् । ओलीको यस क्षेत्रमा आकर्षण बढेसँगै यहाँका धार्मिक, ऐतिहासिक, प्राचिन तथा सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणले गति लिएको हो । एकिकृत दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले अवलोकन भ्रमणमा आएकाहरुलाई स्वागत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =