भारतका पूर्ववित्त मन्त्री अरुण जेट्लीको निधन

भाद्र ८ ।  भारतका  पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको शनिबार निधन भएको छ । ६६ वर्षीय जेट्लीको भारतको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

स्वास लिनमा समस्या भएपछि गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो। तर अस्पतालमा भर्ना भएपछि पनि उनको स्वास्थ्यमा कुनै फेरबदल आएन। उनको स्वास्थ्य स्थिति झन् झन् बिग्रिदै गयो। किड्नी ट्रान्सप्लान्ट गरिसेकका जेट्ली क्यान्सरका बिरामी पनि थिए। जेट्लीलाई छ महिना अघि नै जाँचको लागि एम्समा भर्ना गरिएको थियो। डाक्टरले उपचारको लागि युके वा अमेरिका जान सल्लाह दिएका थिए। 

जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो। उनी यससम्बन्धी रोगको उपचारको लागि गत जनवरी १३ मा न्युयोर्क गएका थिए भने फेब्रुअरीमा फर्किएका थिए। अमेरिकामा उपचार गरेर फर्किएपछि जेट्लीले ‘घर आएपछि खुसी छु’ भन्दै ट्वीट गरेका थिए। 

Image result for arun jaitley

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्।‘मैले सिनियर पार्टी लिडरलाई मात्र गुमाएको छैन, मैले त्यो अभिभावकलाई गुमाएँ जसले मलाई राम्रो दिशातर्फ गाइड गरिरहन्थे’, उनले ट्वीटमार्फत् भनेका छन्। 

लोकसभा चुनावमा पार्टीको जितमा भाजपा कार्यालयमा भएको उत्सवमा पनि उनी सहभागी भएनन्।बिमारले गर्दा उनी क्याबिनेट बैठकमा पनि सहभागी भएनन्।मे २०१९ मा उनले मोदीलाई भनेका थिए कि ‘अब म नयाँ सरकारमा हिस्सा लिन सक्दिनँ।’ त्यसपछि स्वयम् घरमा गएर भेटेका थिए। 

दुबईमा भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत् जेट्लीको निधनमा दु:ख तथा समवेदना प्रकट गरेका छन्। तर उनीहरूले मोदीलाई आफ्नो भ्रमण रद्द नर्गन आग्रह गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *