सैन्य कारबाहीमा तालिवान कमाण्डर मारिए

साउन ३१, एजेन्सी ।  अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक   सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ ।   

तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन् । लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी इलाकामा रहेको पादखाव जिल्लामा अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा ती कमाण्डर मारिएका जारी विज्ञप्तिमा जनाइएको छ  ।   

प्रायः अशान्त भईरहने लोगार प्रान्तमा क्युद्रातुल्लाह आतङ्ककारी आक्रमणमा सलग्न रहदै आएका बताइएको छ । एजेन्सी 

Image result for तालिवान कमाण्डर

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *